बुधबार, अशोज १२, २०७९

उपत्यकाका ३ जिल्लामा कोभिड संक्रमण फेरि बढ्न थाल्यो

काठमाडौं असार १४,
काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै कोभिड संक्रमण दर फेरि बढ्न थालेको छ । सोमबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङकअनुसार उपत्यकाका ३ जिल्लामा संक्रमण बढेको पाइएको हो ।

मन्त्रालयका अनुसार सोमवार काठमाडौंमा ३५५, ललितपुरमा ११२ तथा भक्तपुरमा ४७ गरी थप ५ सय १४ जनामा संक्रमण पुष्टि भएसंगै केही दिनअघि देखि उपत्यकामा घट्दै आएको संक्रमणको दर फेरि बढ्न थालेको हो ।

संक्रमणको रफ्तार घटेको निष्कर्ष सहित प्रशासनले गत सातादेखि पसलहरु सञ्चालन गर्न दिने र निजी सवारी साधन पनि जोर–बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णयपछि बढेको भिडभाडनै यसको कारण भएको विज्ञहरुले बताएका छन ।

त्यस्तै उनिहरुले अवको चरणमा सरकारले उपत्यकामा ठूला बस समेत जोर विजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेसंगै यसवीचमा सर्वसाधरणले स्थिती सामान्य भएको बुझ्दै स्वास्थ्य मापदण्ड पालना गर्ने संभावन दिनानुदिन कम हुँदै जाने र त्यसपछि संक्रमणको रफ्तार फेरिबढ्ने भन्दै अहिले संक्रमणको दर घटे पनि जोखिम भने यथास्थितीमा रहेको बताएका छन ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031