बिहिबार, बैशाख १३, २०८१

निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७ सय ५४ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

काठमाडौ असार १४,
नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७ सय ५४ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । तीमध्ये ५ सय ८४ वटा गाडी र १ हजार १ सय ७० वटा मोटरसाइकल रहेको प्रहरी जनाएको छ ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड १९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २ सय ४८ जनालाई निशुल्क मास्क वितरण गरिएको जानकारी  दिएकोछ ।

स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ८३ जनालाई कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम कारवाही गरिएको प्रहरीले जनाएको छ ।