शुक्रबार, चैत्र १६, २०८०

संसद विघटन मुद्दा : रिट निवेदकको तर्फबाट ३ दर्जन कानुन व्यवसायीको बहस सकियो

काठमाडौं असार १३,
संसद विघटनसम्बन्धी मुद्दामा रिट निवेदक पक्षको बहस सकिएको छ । असार ९ गतेदेखि सुरु भएको रिट निवेदक शेरबहादुर देउवासहित १४६ सांसदको तर्फको बहस आज सकिएको हो । ४ दिनको बहसमा ३६ जना कानुन व्यवसायीले बहस गरेका थिए ।

प्रन्या चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित इजलासले संसद विघटन मुद्दाको पक्ष र विपक्ष दुबै पक्षलाई १५/ १५ घण्टा बहसको समय तोकिदिएको थियो ।

रिट निवेदकतर्फका कानून व्यवसायीलाई बहस सकिएलगत्तै अव सरकारी पक्षको बहस पैरवी शुरु हुने भएको छ। रिट निवेदक पक्षले पाएको १५ घण्टामध्ये १२ घण्टा सकिएको हो । ३ घण्टा समय भने रिट निवेदकको विपक्षीले बहस गरेपछि जवाफ बहसका लागि छुट्याइएको छ । त्यस्तै एमिकस क्युरीका लागि २ घण्टा समय तोकिएको छ ।