बिहिबार, चैत्र १५, २०८०

उपत्यकाका ४२४ सहित १९२० जनामा संक्रमण,३४ को मृत्यु, ३ हजार सात जना डिस्चार्ज

काठमाडौं असार १३ ,
पछिल्लो २४ घण्टामा १ हजार ९२० जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले ६ हजार जनाको पीसीआर र ३ हजार ८३६ जनाको एन्टिजेन परीक्षणको क्रममा पीसीआर तर्फ १ हजार ३५३ र एन्टिजेन तर्फ ५६७ जनामा सक्रमण पुष्टि भएको जानकारी दिएको छ।

आज संक्रमण पहिचान भएकामध्ये काठमाडौं उपत्यकाका ४२४ जना रहेको र यसमध्ये काठमाडौंमा २९२, ललितपुरमा १०० र भक्तपुरका ३२ जना रहेको जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोभिड संक्रमित मध्ये ३ हजार सात जना डिस्चार्ज भएको जानकारी दिदै मन्त्रालयले यसवीचमा ३४ जनाको मृत्यु भएसंगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको सख्या ९ हजार ९ पुगेको जनाएको छ।