शुक्रबार, बैशाख ७, २०८१

त्रिविका रोकिएका सबै परीक्षा यसै वर्ष, विद्यार्थीले रोजेको परीक्षा केन्द्रमा परीक्षा दिलाउने व्यवस्था

काठमाडौ असार १२,
बढ्दो कोभिड संक्रमणको जोखिमसंगै रोकिएको त्रिभुवन विश्वविद्यालय अन्र्तगत विभिन्न  संकायको रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने तयारी भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिड कहरका कारण गत वर्षदेखि रोकिएका सबै परीक्षा यसै वर्ष सकेर परीक्षा क्यालेन्डरलाई नियमित गराइने जानकारीदिदै संभव भएसम्म भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्नेछौँ, त्यो सम्भव नभए अनलाइनबाट परीक्षा सञ्चालन गरेर भएपनि परीक्षा क्यालेन्डलर लाई नियमित बनाइने र यसको लागि आसन्न दशैँअगाडि २०७७ सालमा रोकिएका परीक्षा सम्पन्न गर्दै र दशैं पछाडि २०७८ सालका परीक्षा सुरु गर्ने तयारी पनिकाले गरेको बताउनुभयो ।

यसको लागि पनिकाका अनुसार गत वर्षको भाद्रमा हुनुपर्ने स्नातक तह पहिलो वर्षको परीक्षा साउनको १० गतेदेखि सुरु गर्ने र स्नातक दोस्रो वर्षको परीक्षा आगामी साउन ४ बाट त्यस्तै स्नातक तह कानूनसंकायको प्रथम वर्षको परीक्षा र स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा समेत गर्ने तयारी गरेको बुझिएको छ।

त्यस्तै यसपटक विद्यार्थीले रोजेको परीक्षा केन्द्रमा परीक्षा दिलाउने व्यवस्था पनिकाले मिलाएसंगै त्रिविको परीक्षा दिनकैलागि काठमाडौ आउने बाध्यता समेत हटेको पनिकाले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031