बिहिबार, बैशाख १३, २०८१

चन्द्रागिरि नपाको बजेट दुई अर्ब ४४ करोड

ऐतिहासिक, सांस्कृतिक नगरी, समृद्ध पर्यटकीय चन्द्रागिरि’ 

काठमाडौं असार १० ,
चन्द्रागिरि नगरपालिकाले रु २ अर्ब ४४ करोड २३ लाख ६४ हजार ३६२ बराबरको बजेट प्रस्तुत गरेको छ । चन्द्रागिरि नगरपालिकाको आज सम्पन्न ७औ। नगरसभामा नगरपालिकाका उपप्रमुख लिशा नकर्मीले आर्थिक वर्ष २०७८/ ०७९ का लागि उक्त नीति, कार्यक्रम तथा बजेट नगरसभामा पेश गर्नुभएको हो ।

चन्द्रागिरीले आव २०७८/०७९ मा अनुमानित बैँक मौज्दात र नगरपालिकाको राजश्वबाट रु एक अर्ब ४८ करोड ८५ लाख र सङ्घीय सरकार वित्तिय हस्तान्तरणबाट रु ६८ करोड ३१ लाख २६ हजार, प्रदेश सरकारबाट रु ९ करोड ७ लाख ८ हजार र सामाजिक सुरक्षा भत्तावापत रु १८ करोड गरी जम्मा दुई अर्ब ४४ करोड २३ लाख ६४ हजार ३६२ आय हुने जनाएको छ ।

यस्तै, व्ययको चालूतर्फ रु ६५ करोड ६० लाख ७१ हजार, पुँजीगततर्फ रु एक अर्व १८ करोड ८५ लाख ७० हजार, नेपाल सरकारको तर्फबाट शशर्त अनुदान रु ३४ करोड ७९ लाख, प्रदेश सरकारको शशर्त अनुदान रु ६ करोड ९८ लाख २३ हजार र सामाजिक सुरक्षातर्फ रु १८ करोड गरी जम्मा दुई अर्ब ४४ करोड २३ लाख ६४ हजार ३६२ खर्च हुने जनाएको छ ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोभिड सङ्क्रमणका कारण देखिएको समस्यालाइ दृष्ठिगत गर्दै चन्द्रागिरिले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिककरण संगै ‘ऐतिहासिक, सांस्कृतिक नगरी, समृद्ध पर्यटकीय चन्द्रागिरि’को नारालाई पूरा गर्नका लागि आफूहरूले  नीति, कार्यक्रम र वजेट तर्जुमा गरिएको नगरपालिकाका प्रमुख घनश्याम गिरिले बताउनु भयो ।