शुक्रबार, चैत्र १६, २०८०

प्रधानमन्त्री ओली नेतृत्वको मौजुदा मन्त्रिपरिषदमा मन्त्रालयको जिम्मेवारी  हेरफेर , गृहको जिम्मेवारीमा पौडेल

काठमाडौं असार १०,
प्रधानमन्त्री केपी ओलीले यसअघि सरकारका उपप्रधान तथा अर्थमन्त्री रहेका बिष्णुप्रसाद पौडेललाई गृह मन्त्रालयको जिम्मेबारी  दिइएको छ ।प्रम ओलीले मिति जेठ २१ र २७ मा गर्नुभएको मन्त्रिपरिषद् विस्तारको निर्णय सर्वोच्च अदालतको आदेशसंगै तुहिएपछि प्रम ओलीले आफु नेतृत्वको सरकारको महत्वपूर्ण र संवेदनशील मन्त्रालय मन्त्रीविहिन भएको अवस्थालाइ दृष्टिगत गर्दै मौजुदा मन्त्रिपरिषद्मा कार्य विभाजन सहित जिम्मेवारी हेरफेर गर्नुभएको हो ।

प्रम ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेर बाँकी मन्त्रालयको जिम्मेबारी मौजुदा मन्त्रीहरूमा थपेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका अनुसार सर्वोच्च अदालतको आदेशआउनुपूर्व गृहमन्त्रीको जिम्मेवारीमा रहेका खगराज अधिकारी पदमुक्त भएसंगै अधिकारीले सम्हाल्दै आएको गृहको जिम्मेवारी सहित अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा र जलस्रोत तथा सिञ्चाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने मन्त्री बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यसगरि लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी  दिइएको छ ।

स्मरण रहोस , प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा भएको अवस्थामा मिति जेठ २१ र २७ मा गर्नुभएको मन्त्रिपरिषद् विस्तारको निर्णय संविधानको मर्म विपरित भएको जिकिर सहित वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा दायर रिट निवेदनको सुनवाइ गर्दै सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिदै २० मन्त्री जिम्मेवारीमुक्त उपप्रधानमन्त्रीहरु रघुवीर महासेठ, राजेन्द्र महतो, १५ जना मन्त्री र ३ राज्यमन्त्री जिम्मेवारी मुक्त भएको हो ।