मङ्लबार, बैशाख ११, २०८१

राष्ट्रपतिबाट न्याय परिषद्को सदस्यमा भण्डारी सहित विभिन्न संवैधानिक निकायमा २० जना नियुक्त

काठमाडौ असार १०,
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्को सिफारिसमा लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय समावेशी आयोग,आदिवासी जनजाति आयोग, मधेसी आयोग,थारु आयोगर मुस्लिम आयोगका विभिन्न रिक्त पदमा २० जनालाई नियुक्त गर्नुभएको छ ।

त्यस्तै राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा न्याय परिषद्को सदस्यमा रामप्रसाद भण्डारीलाई नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिको कार्यालयद्दारा आज जारी विज्ञप्तिमा उल्लेख भए अनुसार लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी सहित सदस्यहरुमा क्रमस माधव बेल्बासे, वीरबहादुर राई, दिनेश सिलवाल र मञ्जुकुमारीलाइ नियुक्त गर्नुभएको उल्लेख गरिएको छ।

त्यस्तै निर्वाचन आयोगको सदस्यमा सगुनशम्शेर जबरालाइ , राष्ट्रिय महिला आयोगको जया घिमिरे, सावित्राकुमारी शर्मा र सुन्दर पुर्कोटीलाइ नियुक्त गर्नुभएको उल्लेख गरिएको छ ।

त्यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यमा विपिनराज निरौला ,राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा रामकृष्ण तिमल्सेना र सदस्यहरुमापुष्पराज तिमिल्सिना, मानप्रसाद खत्रीलाइ नियुक्त गरिएको उल्लेख गरिएको छ भने आदिवासी जनजाति आयोगको सदस्यमा सूर्यबहादुर गुरुङलाइ र मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगको सदस्यमा क्रमस आभाकुमारी, उमाशङ्कर प्रसाद चौधरी,शान्ति मोदी,र मोहम्मद समशुल हकलाइ नियुक्त गरिएको उल्लेख गरिएको छ।