शुक्रबार, चैत्र १६, २०८०

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं असार ९,
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि गरेको छ । पछिल्लो पटक वृद्धि मएको मूल्यवृद्धि अनुसार पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारको मूल्य अनुरुप पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम गरिएको निगमले जनाएको छ । यसअघि पेट्रोल रु १२५ र डिजेल प्रतिलिटर १०८ रुपैयाँमा विक्रि हुँदै आएको थियो ।

त्यस्तै हवाई इन्धन [आन्तरिक उडान] मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर र हवाई इन्धन [अन्तर्राष्ट्रिय उडान] मा प्रति किलोलिटर अमेरिकी डलर २० ले वृद्धि गरेर नयाँ बिक्री मूल्य अमेरिकी डलर ७३५ प्रति किलो लिटर कायम गर्ने निर्णय निगमले गरेको छ ।