मङ्लबार, बैशाख ११, २०८१

संसद विघटन प्रकरण- संविधानको रक्षाका लागि संसद पुनस्र्थापना गर्नुको विकल्प छैन:  रिट निवेदक

काठमाडौं असार ९,
सर्वोच्च अदालतमा संसद विघटनसम्बन्धी रिटको अन्तिम सुनवाइ आजबाट संवैधानिक इजलासमा शुरु भएकोछ । आजको सनवाइमा रिट निवेदकका तर्फबाट आज अधिवक्ता खम्बबहादुर खाती र गोविन्द बन्दीले बहस गर्नुभएको छ ।

बहसको क्रममा अधिवक्ता खातीले सरकार गठनको लागि काँग्रेस सभापति शेरबहादुर देउवाले ‘१४९ सांसदको समर्थनसहितको माग दावी राष्ट्रपतिलाई बुझाउँदा पनि राष्ट्रपतिले नियोजित रुपमा माग दावीप्रति नजरअन्दाज गरको जिकिर गर्दै वैकल्पिक सरकारको सम्भावना हुँदाहुँदै संसद् विघटन गर्नू कानूनसम्मत मान्न नसकिने बताउनुभयो ।

त्यसै गरि अधिवक्ता बन्दीले आफ्नो बहसको १४९ जनाको हस्ताक्षर र समर्थन सहित सरकार गठन गर्छु भन्दा भन्दै पेश गरेको माग दावीलाइ राष्ट्रपति महोदयले मागदावीको भावना मात्र नभइ संविधानको दफागत व्यवस्थाको समेत वेवास्ता गर्नु भएको बताउनुभयो । साथै उहाँले त्यस अर्थमा पनि संविधानको रक्षाका लागि पनि प्रतिनिधिसभाको पुनस्र्थापना गर्नुको विकल्प नभएको बताउनुभयो ।