मङ्लबार, बैशाख ११, २०८१

कर फछर्यौट आयोगका तत्कालीन पदाधिकारीत्रय विरुद्ध १ विशेष अदालतमा मुद्दा दायर

काठमाडौं असार ९,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछर्यौट आयोगका तत्कालीन पदाधिकारीत्रय अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्मा विरुद्ध १ अर्ब, ३३ लाख रुपियाँ बराबरको भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको  छ ।

आयोगले करदाताहरूको विभिन्न कर शीर्षकमा कर बक्यौता रहेका करदातालाइ मनोमानी रुपमा कर छुट दिने गरी सम्झौता गर्दै बदनियतपूर्वक भ्रष्टाचार गरेको ठहर भएसंगै मुद्धा दायर गरिसको आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

आयोगद्दारा आज जारी विज्ञप्तिमा उल्लेख भएअनुसार कर फछर्यौट आयोग, २०७१ का तत्कालीन पदाधिकारीहरु अध्यक्ष महत, सदस्यद्वय ढकाल र शर्माले नेपाल सरकारको मिति २०७१ माघ २२ गतेमा नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फर्छ्यौट आयोग ऐन, २०३३ ले दिएको अधिकारक्षेत्र भन्दा बाहिर गई वदनियतपूर्वक करदाताहरुसँग कर फर्छ्यौट सम्झौता गरी सरकारलाई प्राप्त हुने राजस्व रकममा भ्रष्टाचार गरेको उल्लेख गरिएको छ।