शनिबार, बैशाख ८, २०८१

थप १ हजार ५११ जनामा कोभिड सङ्क्रमण, ३५५८ डिस्चार्ज, ५२ को मृत्यु

काठमाडौं असार ९,
पछिल्लो २४ घण्टामा देशैभर ७ हजार ४६१ जनाको गरिएको पीसीआर परीक्षणको क्रममा थप १ हजार ५११ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यसवीचमा ४ हजार ९५३ जनाको एन्टिजेन परीक्षणमा ९सय १० जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिदै मन्त्रालयले वितेको २४ घण्टामा ३ हजार ५५८ जना संक्रमित उपचारपछि सङ्क्रमणमुक्त भएको जानकारी दिएको छ ।

त्यसतै यसवीचमा सङ्क्रमणका कारण ५२ जनाको मृत्यु भएको र योसंगै सङ्क्रमणका कारण मृत्यु हुनेको सख्या ८८९४ पुगेको जनाएको छ ।