शुक्रबार, अशोज २१, २०७९

भक्तपुर कांग्रेसको तर्फबाट मेलम्ची र हेलम्बुलाई आर्थिक सहितको राहत सामग्री सहयोग

भक्तपुर, असार ८
नेपाली कांग्रेस भक्तपुरले सिन्धुपाल्चोकको बाढी पिडितको सहयोगार्थ नगद तथा राहत सामग्री सहयोग गरेको छ । मंगलवार आयोजित कार्यक्रममा जिल्ला सभापति दुर्लभ थापाले कांग्रेस केन्द्रीय विपद  व्यवस्थापन समितिका संयोजक मोहनबहादुर बस्नेतलाई उक्त सहयोग सामाग्री हस्तान्तरण गरेको हो ।

आर्थिक सहयोग र राहत सामाग्री ग्रहण गर्दै समितिका संयोजक बस्नेतले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु जाने सडक सञ्जाल बाढीले विच्छेद गरेकोले हेलिकप्टरमार्फत सहयोग रकम बुधवार पिडितहरुलाई वितरण गर्ने बताउनुभयो । साथै हाँँले मेलम्चीको बाढीले त्यस क्षेत्रका कयौं पुल पुलेसा र सडक बगाउँदा जनजीवन कठिन बन्दै गएको बताउँदैं तत्काल पुनर्निर्माणको काम शुरु गर्न माग गर्नुभएको हो ।

त्यस्तै राहत सामग्री लिएर भक्तपुरका कांग्रेस नेताहरुको टोली बुधवार त्यसतर्फ प्रस्थान गर्ने जिल्ला सभापति दुर्लभ थापाले बताउनुभयो । त्यस्तै नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं  २ का सभापति नारायणभक्त खायमलीले जिल्ला सभापतिको निर्देशनमा, उपसभापति हरि प्रसाद नेपालको संयोजनमा दुवै क्षेत्रीय सभापति, नेपाली कांग्रेस बागमति प्रदेश संसदीय दलका उपनेता एवम् सांसद कृष्णलाल भँडेललगायतको सक्रियतामा राहत तथा नगद संकलन गरिएको जानकारी दिनुभयो । सहयोग सामाग्रीमा चामल २ हजार ४७५ केजी, सोयाविन २ सय प्याकेट, चिउरा, दाल, आलु, तेल, नुनलगायतका खाद्यान्न, लत्ताकपडा, औषधिलगायत छन

Dashain
Dashain1
Dashain2

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031