बुधबार, बैशाख १२, २०८१

महानगरको तर्फबाट बाढी प्रभावित भगिनी पालिकाको सहयोगार्थ ३ करोड आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं असार ८,

काठमाडौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले  सोमवार काठमाडौ महानगरसँग भगिनी सम्वन्ध स्थापित मेलम्ची नगरपालिका लाइ दुई करोड र पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई ५०/५० लाख आर्थिक सहयोग उपलब्ध गराएको छ। अविरल वर्षा संगै आएको बाढी पहिरोका कारण भएको जनधनको क्षतिसंगै सिन्धुपाल्चोक क्षेत्रको पूर्न निर्माणकालागि काठमाडौं महानगरले उपलब्ध गराएको हो ।

स्मरण रहोस काठमाडौ महानगरपालिकाको असार ३ गते बसेको नवौँ नगर सभाको पहिलो बैठकले बाढी प्रभावित मेलम्ची नगरलाई २ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । त्यस्तै असार ४ गते बसेको दोस्रो बैठकले हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई ५० /५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।

घोषणा गरे अनुरुप आर्थिक सहयोग हस्तान्तरण गर्दै महानगर प्रमुख शाक्यले मेलम्चीको पानीबाट काठमाडौँबासी प्यास मेटाउन आतुर रहेको बताउदै बाढीग्रस्त सिन्धुबासीका लागि थोरै भए पनि उक्त रकमले सहयोग पुग्ने अपेक्षा लिएको बताउनुभयो ।

साथै उहाँले पछिल्लो समय कोभिड र बाढी पहरोका कारण सिर्जना भएको समस्याको समाधानका लागि धैर्य नगुमाई अगाडी बढ्नु आवश्यक रहेको समेत बताउनुभयो । त्यस्तै सहयोग हस्तान्तरण कार्यक्रममा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले काठमाडौँ महानगरको यो सहयोग अतुलनीय भएको बताउदै ‘मेलम्चीवासीलाई पीडा पर्दा काठमाडौँ महानगरपालिकाका प्रमुखसहितको टिम मल्हम लगाउनु आउनु भएकोमा जनताको तर्फबाट यहाँका जनताको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो भएको थियो ।

त्यस्तै मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले यो सहयोगले क्षति व्यवस्थापनका लागि ऊर्जा प्राप्त भएको बताउदै भएको प्राप्त समाचारमा उल्लेख गरिएकोछ ।