शुक्रबार, बैशाख ७, २०८१

दलबदल गरेका माओवादी केन्द्रका १४ जना स्थानीय तहका जनप्रतिनिधि पदमुक्त

काठमाडौं असार ७,
माओवादी केन्द्रको सोमबार बसेको बैठकले  दल परित्याग गर्दै दलबदल गरेका १४ जना स्थानीय तहका जनप्रतिनिधिहरुलाई पदमुक्त गर्न निर्वाचन आयोगलाइ पत्राचार गरेको छ। यसरी पदमुक्त गरिएका जनप्रतिनिधिमा माओवादी केन्द्रबाट निर्वाचनमा निर्वाचित भएपनि पछि एमाले प्रवेश गरेका जनप्रतिनिधि रहेका छन् ।

पार्टीबाट हटाइएका नेताहरुकोबारेमा दल त्यागको सूचना निर्वाचन आयोगले प्रकाशित नगरेसंगै माओवादी केन्द्रका नेताहरुले आयोग पदाधिकारीलाई भेटेर ध्यानाकर्षण सहित सोही व्यवहोराको पत्र निर्वाचन आयोगमा पठाइएको जनाउदै पदमुक्त गरिएका  जनप्रतिनिधि क्रमस रौतहटको मौलापुर नगरपालिका प्रमुख रिना कुमारी साह, रौतहटकै कटहरिया नगरपालिका प्रमुख सियाराम कुशवाहा, रौतहटको देवाही गोनाही नगरपालिका उपप्रमुख परनिया देवी, मौलापुर नगरपालिका उपप्रमुख गौरीशंकरप्रसाद जयसवाल रहेका छन् ।

त्यस्तै फतुवा विजयपुर नगरपालिका उपप्रमुख कान्ति देवी, माधवनारायण नगरपालिका उपप्रमुख सिमल साह, सिरहाको लहान नगरकार्यपालिका सदस्य सतमीलाल दास ताती, ओखलढुंगाको चम्मादेवी गाउँपालिका १ का अध्यक्ष सुरेश कुमार थापा, महोत्तरी सम्सी गाउँपालिकाका अध्यक्ष शेष फारुक र कैलाली भजनी नगरपालिका उपप्रमुख छायाँ देवकोटा, गौरीगंगा नगरपालिका–४ का अध्यक्ष भागिरथी विष्ट, गोदावरी नगरपालिका–१ का अध्यक्ष शर्मानन्द भट्ट र बर्दगोरिया नगरपालिका–४ का अध्यक्ष पुरन विसी रहेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031