बिहिबार, चैत्र १५, २०८०

थप १ हजार ५८४ कोभिड संक्रमित थपिदै गर्दा ३१३० जना डिस्चार्ज ,४६ को मृत्यु

काठमाडौं असार ७,
पछिल्लो २४ घण्टामा देशका विभिन् प्रयोगशालामा छ हजार ५८३ जनाको पीसीआर परीक्षणको क्रममा थप १ हजार ५८४ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै यसवीचमा ४हाजार ३२१ जनाको एन्टिजेन परीक्षण गरिएकामा ७१३ जनामा संक्रमण पुष्टि भएको समेत मन्त्रालयले जनाएको छ।

साथै यसवीचमा ३ हजार १३० जना संक्रमण मुक्त भएकाजनाउदै वितेको २४ घण्टामा संक्रमणका कारण ४६ जनाको मृत्यु भएको र योसंगै संक्रमणका कारण नेपालमा मृत्यु हुनेको सख्या ८हजार ७७२ पुगेको जनाएकोछ ।