मङ्लबार, बैशाख ४, २०८१

पशुपति क्षेत्र विकास कोष परिसरमा रोपियो गुणकारी वनस्पति गुर्जोको ५ सय विरुवा

काठमाडौं असार ५ ,
पशुपति क्षेत्र विकास कोष कार्यालय परिसरमा आज उक कार्यक्रमकावीच मानव शरिरमा रोग संग लड्न सक्ने प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि महत्वपूर्ण मानिएको गुणकारी वनस्पति गुर्जोको करिव ५०० बेर्ना रोपण गरिएको छ ।पछिल्लो समय कोभिड संक्रमणको महामारी बढ्दै गर्दा गुर्जोको प्रयोग चर्चा चुलिदै आएको हो ।

पशुपति क्षेत्र विकास कोषको आयोजना तथा बागमती सरसफाईका कार्यक्रमका अभियन्ता डा।माला खरेल, पूर्व सहसचिव तथा योग गुरु किशोर जोशीको समन्वयमा सम्पन् उक्त कार्यक्रममा देशव्यापी रूपमा गुर्जो अभियान सञ्चालन गर्दै आइरहेको गुर्जोका प्रमुख अभियन्ता कमल बहादुर राजलवटले निशुल्क सेवा प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य मीन बहादुर शाही कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडा संगै गुर्जो अभियन्ता राजलवटले गुर्जोको उपयोगिता र यसको प्रभावकारीकाताको विषयमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा योग गुरु किशोर जोशीबाट केहि बेर योगाभ्यास समेत गराईको थियो भने त्यसलगत्तै उपस्थित सबैलाई गुर्जोको चिया प्याकेट तथा गुर्जो सहितको धुलो औषधी समेत जितरण गरिएको प्राप्त जानकारीमा उल्लेख  गरिएको छ।