शुक्रबार, चैत्र १६, २०८०

प्रेस स्वतन्त्रताविरोधी प्रावधान सहितको विधेयक खारेज गर्न महासंघको माग

काठमाडौं असार ४ ,
नेपाल पत्रकार महासंघले लुम्बिनी प्रदेश सरकारले हालै संसदमा दर्ता गरेको सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रहेका कतिपय प्रावधान प्रेस स्वतन्त्रतामैत्री नभएका कारण विधेयकप्रति गम्भीर ध्यानाकर्षण भएको’ जनाउदै उल्लेखित प्रेस स्वतन्त्रताविरोधी प्रावधान सहितका विधेयक खारेज माग गरको छ ।

विधेयकमा भएका प्रावधान नेपालको संविधान, संघीय कानुन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धमा रहेका छन् । प्रदेश सरकारले तयार गरेको मस्यौदा श्रमजीवी पत्रकारको हक हित सुरक्षित गर्न असम्भव हुने, सञ्चार गृहको दर्ता खारेजको व्यवस्था संविधानको प्रतिकूल रहेको, पत्रकारलाई जेल हाल्ने प्रावधान फौजदारी प्रकृतिको र संघीय कानुनविरुद्ध रहेको कुरामा महासंघ प्रष्ट रहेको जनाउ सहित महासंघले संविधानको मर्म र भावनाविपरीत रहेको महासंघले जनाएको छ।

त्यस्तै महासंघले आज विज्ञप्ति जारी गरी उक्त विधेयकमा प्रस्तावित प्रेस स्वतन्त्रताविरोधी र अन्तर्राष्ट्रिय मान्यताप्रतिकूलका प्रावधानप्रति असहमति जनाउदै उक्त विधेयक संसद्बाबाट तत्काल फिर्ता गरी महासंघसहित सरोकारवालको सहभागितामा व्यावसायिक पत्रकारिता र प्रेस स्वतन्त्रतामैत्री हुनेगरी पुनर्लेखन गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण समेत गराएको छ ।