सोमवार, साउन १८, २०७८

ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने सरकारको योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं असार २४ ,
सर्वोच्च अदालतले ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना तत्काल कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी दिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू शैलेन्द्रप्रसाद अम्बेडकर, रामबहादुर शाही, डा पुण्यप्रसाद खतिवडा, हरिराम लवजु, अतिस कार्की र विक्रम नगरकोटीले दायर गर्नु भएको रिट निवेदनको सुनवाइ गर्दै सरकारको तर्फबाट पछिल्लो पटक भएको प्रस्तुत निर्णय सहितको योजना कार्यान्वयन नगर्न प्रन्या चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

त्यस्तै जारी आदेशमा “समान आधार र कारणबाट यसमा समेत नेपाल सरकारको आव २०७८/ ०७९ को आयव्ययको सार्वजनिक जानकारी वक्तव्यको नं १९९ को व्यवस्था प्रस्तुत रिट निवेदन किनारा नलागेसम्म कार्यान्वयन नगर्नु, नगराउनु, यथास्थितिमा राख्न हान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नसमेत भनिएको छ ।

स्मरण रहोस सरकारले प्रस्तुत निर्णयले चुरेलगायत तराई क्षेत्र विनाश हुने भन्दै सर्वत्र आलोचना हुँदै आएकोछ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031