बुधबार, बैशाख १२, २०८१

उपत्यकामा ५०७ जना नयाँ संक्रमित थपिए

काठमाडौ असार ३,
नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ७११ वटा पीसीआर परीक्षणको क्रममा १ हजार ७६८ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आाज पहिचान भएका कोभिड संक्रमित मध्ये काठमाडौंमा ४१७ ललितपुरमा १२१ र भक्तपुरमा ३६ गरि नयाँ ५०७ जना संक्रमित रहेको जानकारी दिएको छ।

त्यस्तै काठमाडौंमा ७ हजार १३५, ललितपुरमा ३ हजार ७१ र भक्तपुरमा २ हजार ३०८ जनामा सक्रिय संक्रमण रहको संक्रमणका कारण मृत्यु वरण गर्नेको सख्या क्रमस काठमाडौं १७९७ ललितपुरमा ५२३ र भक्तपुरमा ३५२ जना रहेको मन्त्रालयले जनाएको छ।