बुधबार, बैशाख १२, २०८१

१७६८ जना सङ्क्रमित थपिदै गर्दा २ हजार १४१ सङ्क्रमित डिस्चार्ज, ३९ को मृत्यु

काठमाडौ असार ३,
नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ७११ वटा पीसीआर परीक्षणको क्रममा १ हजार ७६८ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज सर्वाजनिक कोभिड १९ सम्बन्धी अद्यावधिक विवरण अनुसार आज पहिचान भएका सङ्क्रमितसँगै नेपालमा कोभिडका कुल सङ्क्रमितको सख्या छ लाख १५ हजार ९८४ पुगेको जनाएको छ ।

त्यस्तै यसवीचमा २ हजार १४१ सङ्क्रमित संक्रमण मुक्त भएको र योसंगै कोभिड संक्रमणमुक्त हुनेको सख्या ५ लाख ४५ हजार ६६२ पुगेको जानकारीदिएको छ। साथै वितेको २४ घण्टामा ३९ जना सङ्क्रमितको मृत्यु भएको र योसंगै सङ्क्रमणबाट आठ हजार ५९७ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएकोछ ।