मङ्लबार, बैशाख ४, २०८१

काठमाडौ महानगरले मेलम्ची नगरलाइ २ करोड सहयोग गर्ने

काठमाडौँ असार ३,
काठमाडौँ महानगरले मेलम्ची नगरलाई बाढीजन्य विपद व्यवस्थापनमा सघाउन २ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । महानगर प्रमुख प्रमुख विद्यासुन्दर शाक्यले आज राजधानीमा सम्पन्न महानगरको नवौँ अधिवेसन मार्फत भगिनी सहरको दुःखमा साथ दिन सहयोग उपलब्ध गराउने निर्णय गरिएकोे जानकारी दिनुभयो ।

मेलम्ची नगर क्षेत्रमा बाढी पसेर भएको जनधनको ठूलो क्षतिको अवस्थालाइ दृष्टिगत गर्दै संकटमा साथ दिनुको अलावा स्थानीय जनजीवनको पुनस्र्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको प्रमुख शाक्यको जनाउ रहेको छ।

स्मरण रहोस, गत वर्षको पुस २१ गते वागमती प्रदेशका दुई नगरहरु काठमाडौं महानगर र मेलम्ची नगरबीच भगिनी सम्बन्ध जोडिएको थियो । त्यसलगत्तै मेलम्ची सिटी पार्क निर्माण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

मेलम्ची नगरपालिका वडा नं. १० मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्ष सहितको रमणीय तथा पर्यटकीय पार्क निर्माण गर्न महानगरले यस अघि १ करोड ५० लाख रुपैयाँ सहयोग प्रदान गरिसकिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031