शनिबार, बैशाख ८, २०८१

महानगरको नवौं नगरसभा कांग्रेसबाट निर्वाचित उपप्रमुख सहितका जनप्रतिनिधिद्दारा वहिष्कार

काठमाडौं असार ३ ,
काठमाडौँ महानगरपालिकाले आर्थिक बर्ष २०७८/२०७९को नीति तथा कार्यक्रम सार्वजनिक आयोजित महानगरको नवौं नगरपरिषद कांग्रेसबाट निर्वाचित उपप्रमुखसहितका जनप्रतिनिधिले वहिष्कार गरेको छ ।

नगरपरिषद्‌मा एमालेको बहुमत छ भन्दैमा महानगर प्रमुख विद्यासुन्दर शाक्यले एकलौटी ढंगले नीति तथा कार्यक्रम ल्याउन खोजिएको आरोपसहित उनिहरुले आजको नवौं नगरसभा बहिष्कार गरेको हो ।

प्राप्त जानकारी अनुसारमहानगरको प्रस्तावित नीति तथा कार्यक्रम कार्यपालिका बोर्डबाट पारित नगरी नगरपरिषद्‌मा प्रस्तुत गर्ने तयारी र तत्काललाइ करको दायरा नबढाउन गरिएको आग्रह कोभिड विरुद्धको खोप खरिद प्रसंग लगायतका नितिगत एजेन्दामा कुनै सम्बोधन नभएसंगै उपप्रमुख हरिप्रभा खड्गी सहित कांग्रेसबाट निर्वाचित १४ जना वडा अध्यक्षहरुसमेत रहेका छन् ।