सोमवार, साउन १८, २०७८

काठमाडौ महानगरको नीति–तथा कार्यक्रम सार्वजनिक : १ सय बेडको ‘महानगर विशेष अस्पताल’ स्थापना गरिने

  • महानगरको गतिविधिबारे महानगरवासीलाई सुसूचित गराउन समाचार तथा समाचारमूलक सामग्री उत्पादन गरी रेडियो, टेलिभिजन, अनलाइन तथा पत्रपत्रिकामा  प्रचार प्रशार  गर्ने पत्रकार वा सञ्चारगृहलाई लेखनवृत्ति
  • विद्युतीय सवारी करमा शतप्रतिशत छुट
  • कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष छुट/सहुलियत
  •  महानगरवासीलाई ‘नागरिक स्वास्थ्य विमा कार्यक्रम’
  • ‘एक वडा एक नमूना विद्यालय कार्यक्रम’
  • वडा कार्यालयमा सञ्चालित शहरी स्वास्थ्य क्लिनिकको स्तरोन्नति सहित विशेषज्ञ चिकित्सकसहितको निशुल्क सेवा

काठमाडौ असार ३ ,
काठमाडौँ महानगरपालिकाले आर्थिक बर्ष २०७८÷२०७९को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो वैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । आज सार्वजनिक गरेको नीति–तथा कार्यक्रममा महानगरपालिकाले कोभिड–१९ लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । सार्वजनिक नीति–तथा कार्यक्रममा ज्येष्ठ नागरिकको उपचार गर्ने विशिष्टीकृत सेवासहितको सुविधा सम्पन्न १ सय बेडको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ निर्माण गर्ने उल्लेख गरिएको छ ।

आज प्रस्तुत महानगरको नीति तथा कार्यक्रममा ‘ज्येष्ठ नागरिकको उपचार गर्ने विशिष्टीकृत सेवा सहितको सुविधा सम्पन्न १०० बेडको काठमाडौं महानगरविशेष अस्पताल निर्माण संगै महानगरपालिकाका सबै वडा कार्यालयमा सञ्चालित शहरी स्वास्थ्य क्लिनिकको स्तरोन्नति गरी महानगरवासीलाई आधारभूत स्वास्थ्यसेवाको प्रत्याभूत गराइने उल्लेख गरिएको छ।

काठमाडौं महानगरपालिकाको साँस्कृतिक पहिचानलाई जीवन्त राख्नका लागि महत्वपूर्ण योगदान गर्दै आइरहेका गुठी, बाजा खलः, भजन खलः, जात्रा, परम्परागत नाचसँग सम्बन्धित संघसंस्थाहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने देखि महानगरपालिका क्षेत्रभित्रका अमूर्त सम्पदाको संरक्षण र प्रवद्र्धनका कार्यक्रम लाइ उच्च प्राथमिकरण गरिएको छ ।

त्यस्तै महानगरपालिका क्षेत्रभित्र महानगर सुलभ फार्मेसी सञ्चालन गर्ने, नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत महानगरवासीको स्वास्थ्य बिमा गर्ने, महानगरवासीहरुका लागि बिमा शुल्कको ५० प्रतिशत अनुदान उपलब्ध गराउने जस्ता विशेष खालका कार्यक्रम समेटिएको छ।

साथै काठमाडौं महानगरपालिकाको गतिविधिहरुबारे महानगरवासीलाई सुसूचित गराउन समाचार तथा समाचारमूलक सामग्री उत्पादन गरी रेडियो, टेलिभिजन, अनलाइन तथा पत्रपत्रिकामा काम गर्ने पत्रकार वा सञ्चारगृहलाई लेखनवृत्ति उपलब्ध गराउने आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ठमेल र बसन्तपुर क्षेत्रलाई पैदलयात्रीमैत्री बनाई पर्यटक आकर्षण क्षेत्रको रूपमा विकास गर्ने देखि विद्युतीय सवारी करमा शतप्रतिशत छुट संगैकोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट अन्र्तगत कोभिड–१९ को महामारीबाट प्रभावित करदाताहरू तथा सार्वजनिक निजी साझेदारी अन्तर्गत सञ्चालित कार्यक्रमहरुलाई छुट वा सहुलियत दिइने उल्लेख गरिएको छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031