शुक्रबार, चैत्र १६, २०८०

जसपा बैठक ठाकुर-महतो पक्षका ९ जना नेता पार्टीबाट निष्कासित

काठमाडौं असार ३ ,
जनता समाजवादी पार्टी [जसपा] नेपालले केपी ओली नेतृत्वको सरकारमा सहभागी महन्थ-राजेन्द्र पक्षका ९ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ । जसपाको बिहीबार बसेको उपेन्द्र–बाबुराम पक्षीय कार्यकारिणी समितिको बैठकले केपी ओली नेतृत्वको सरकारमा सहभागी भएका महन्थ र यादव पक्षका ९ जना नेतालाई पार्टीबाट निष्कासन गरेको हो ।

पार्टी अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई, नेताहरई अशोक राई, राजेन्द्र श्रेष्ठलगायतका नेताको उपस्थिती रहेका उक्त बैठकले लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा समर्थन जनाएका ४ जना सांसद समेत कारवाही गर्ने निर्णय गर्दै निर्वाचन आयोगले गत जेठ ३१ गते दिएको निर्णयको विभेदकारी भएको जिकिर गर्दै पुन राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार पार्टीको आधिकारीकता दावीका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारी गरेको छ ।

साथै ओली सरकारको पछिल्लो निर्णय ढुंगा, गिटी लगायत खानीजन्य निर्माण सामाग्री निकासीको निर्णय विरुद्ध चुरे संरक्षण अभियान चलाउने निर्णय समेत गरेको सम्वद्ध पक्षले जनाएकोछ ।