शुक्रबार, चैत्र १६, २०८०

१४ औं महाधिवेशन केन्द्रीत छलफलका लागि काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं असार ३,
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको बैठक पार्टी मुख्यालय सानेपामा दिउँसो २ बजे बस्दैछ । आजको बैठकमा मुलत
काँग्रेसको आगामी भाद्र १६ देखि १९ गतेसम्म काठमाडौंमा हुन गइरहेको १४ औं महाधिवेशन लगायतका विषयगत एजेन्दामा छलफल हुने बताईएको छ ।

यसअघि काँग्रेसको १४ औं महाधिवेशनको मिति आगामी भाद्र ७ देखि १० गतेसम्मको लागि तय भए पनि जेठ २९ गते बसेको काँग्रेसको पदाधिकारी बैठकले महाधिवेशनको मिति केही दिन पछाडि सार्ने निर्णय गरेसंगै प्रस्तावित मितिमा १४ औं महाधिवेशन सम्पन्न गर्न आवश्यक तयारीका लागि आजको बैठकले ठोस निर्णग गर्ने बताइएकोछ ।

त्यसोत काँगेस सभापति शेरबहादुर देउवाले आगामी भाद्र भित्रमा जुनैसुकै हालतमा १४ औं महाधिवेशन सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गर्दै काँग्रेसले १४ औं महाधिवेशनलाई पार्टीको महायज्ञको रुपमा लिइएको बताउनुभएको   थियो ।