शुक्रबार, अशोज ८, २०७८

सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा बाढीको बितण्डा, ७ जना बेपत्ता, १ जनाको शव फेला, उद्धार र उपचारका लागि सुरक्षा निकायका सवै शक्ति परिचालन

विपत्तिबाट प्रभावित नागरिकको उद्धार एवं राहतमा जुट्न सभामुखको अपिल

काठमाडौ असार २,

गएराती मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटरमाथि रहेको हेलम्बु–१ स्थित नाकोटे भन्ने ठाउँमा गएको पहिरोसँगै आएको बाढीले बस्ती बगाएको छ भने कतिपय बस्ती डुवानमा परेको जानकारी प्राप्त भएको छ। त्यस्तै प्राप्त जानकारी रातिको समय भएको प्राकृतिक प्रकोपका कारण विद्यूत सेवा पनि अवरुद्ध भएकाले क्षतिको आँकलन हुन नसकेको जानकारी दिदै प्रहरीले हेलम्बुको तिम्बु बजार सिंगै बगाउनुको अलावा चनौते बजार डुबानमा पर्नुको अलावा ७ जना स्थानीवासी बेपत्ता भएको प्रारम्भिक जानकारी आएको जनाएकोछ ।

यसैवीच सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा इन्द्रवती नदिले बगाएर बेपत्ता भएको ७ मध्ये १ जनाको शव भेटिनुको अलावा ५ जनाको नाम खुलेको र दुई जनाको नाम थर खुल्न बाँकी रहेको जनाएको छ ।

त्यस्तै बाढी पहिरो पीडितको उद्धार र उपचारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको र उद्धारको क्रममा नेपाली सेना र निजी कम्पनीका हेलिकप्टर प्रयोग गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यसैवीच संघीय संसदका सभामुख अग्नि सापकोटाले आफ्नो गृह जिल्ल सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढी पहिरोमा फसेका पीडित नागरिकको उद्धार तथा उनीहरूलाई राहतका लागि जुट्न सबै पक्षलाई अपिल गर्नु भएको छ । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा मंगलवार साँझदेखि लगातार आइरहेको भीषण बाढीका कारण तटीय क्षेत्रमा भएको अपूरणीय मानवीय र भौतिक क्षतिको खबरले स्तब्ध छु। विपत्तिबाट प्रभावित नागरिकको तत्काल उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गर्दछु,’ सामुख सापकोटाले भनेका छन्।

सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा बाढीको बितण्डा, ७ जना बेपत्ता, १ जनाको शव फेला, उद्धार र उपचारका लागि सुरक्षा निकायका सवै शक्ति परिचालन

 

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031