शनिबार, बैशाख ८, २०८१

उपत्यकामा जारी निषेधाज्ञालाइ सहज बनाइएसंगै मानिसहरुको चहलपहल बढ्दो

काठमाडौ असार १ ,
बढ्दो कोभिड संक्रमणको जोखिमसंगै संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा गत बैशाख १६ गतेबाट जारी निषेधाज्ञा असार ७ गतेसम्म थप गरिएको छ । त्यस्तै निषेधाज्ञा थप गरिएपनि अघिल्लो पटकको भन्दा निषेधाज्ञालाइ सहज बनाइएसंगै मानिसहरुको चहलपहल बढेको छ । उपत्यकामा कोभिड संक्रमण दर घट्दै गएकाले जारी निषेधाज्ञा सहज बनाइएको हो ।

यसवीचमा  स्मरणीय पक्ष भनेको संक्रमण दर घटेसंगै जारी निषेधाज्ञा आदेशमा सहजीरकराण्  गर्दैगर्दा    बढ्दो मानिसहरुको चहलपहलसंगै फेरी संक्रमणको रफ्तार बढ्यो भने स्थिती थप भयावह हुने   प्राय निश्चित छ । त्यसअर्थमा स्वास्थ्य मापदन्डको कार्यान्वयनमा थप जागरुक बन्न र बनाउँन आवश्यक देखिन्छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार आजबाट तरकारी तथा खाद्यान्न , स्टेशनरी तथा पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ । त्यस्तै अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्न दिने निर्णय भएको छ भने आजबाट होटल, रेष्टुराँहरुलाई टेकअवे सेवा सन्चालन गर्न अनुमति दिइएको छ ।