शुक्रबार, चैत्र १६, २०८०

काठमाडौं उपत्यकामा ६०७ सङ्क्रमितको पहिचान

काठमाडौ असार १ ,
नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ४४९ वटा पीसीआर परीक्षणको क्रममा १ हजार ६८१ मा कोभिड सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज पहिचान भएका संक्रमित मध्ये काठमाडौं उपत्यकाका ६०७ सङ्क्रमित रहेको जनाउदै यसमध्ये काठमाडौका ३९६, ललितपुरका १४५ र भक्तपुरमा ६६ जना संक्रमित रहेको जानकारी दिएको छ ।

त्यस्तै काठमाडौमा कुल कोभिड संक्रमित १ लाख ९९ हजार २७४ मध्ये ८ हजार १८२ जना संक्रिय संक्रमित , ललितपुरको कुल कोभिड संक्रमित ३६ हजार १९८ मध्ये ३ हजार ४४२ र भक्तपुरको कुल कोभिड संक्रमित २१ ह्जार ५३८मध्ये २ हजार ४३४ जनामा संक्रिय संक्रमण रहेको जनाएको छ।