बिहिबार, बैशाख १३, २०८१

काठमाडौं महानगरको आगामी बर्षको नीति प्रस्तावमाथि छलफल

काठमाडौँ असार १
काठमाडौँ महानगरले असार ३ गते नवौँ अधिवेसनमा आ।व ०७८/०७९ को बार्षिक नीति प्रस्तुत गर्ने भएको छ । आज बसेको कार्यपालिका बैठकमा चालु आर्थिक बर्षको समीक्षा गर्दै आगामी बर्षको लागि तर्जुमा गरिएको नीति प्रस्तावमाथि छलफल गरेको छ ।
महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा आज बसेको बैठकमा विगत बर्षमा लिइएका नीति र तिनको कार्यान्वयनको विश्लेषण गरेको छ । यसैका आधारमा आगामी बर्षको नीति प्रस्ताव गरिने भएकोछ ।

बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहित कार्यपालिका सदस्यहरु हुनुहुन्थ्यो ।

कार्यपालिका सदस्यहरुबाट बुधवारसम्म प्राप्त हुने सुझावलाई समेटेर बार्षिक नीतिको प्रस्ताव अधिवेशनमा पेश गरिने बैठकका अध्यक्ष तथा महानगरका प्रमुख शाक्यले जानकारी दिनुभयो । अधिवेसनमा गरिने प्रस्तावमाथि नगर सभा सदस्यहरुले सुझाव दिनुहुनेछ । त्यसपछि अधिवेशनको अर्को बैठकले नीति पारित गरिने जानकारीदिईएकोछ ।