शनिबार, बैशाख ८, २०८१

सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने पोडे र खड्का पक्राउ

काठमाडौं असार १,
प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोले सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा २ जनालाई शुक्रबार पक्राउ गरेको  छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १७  बस्ने २६ वर्षीय सानु पोडे र बागलुङ, बागलुङ नगरपालिका ८ सिगाना बस्ने ५२ वर्षीय रामेन्द्र खड्का रहेको जनाउदै प्रहरीले पक्राउ परेका मध्ये पोडेले नाबालिकाको फेसबुक म्यासेन्जरमा पटक पटक अश्लिल भिडियो पठाउने तथा पीडितको अनुहार एवम् अपरिचित महिलाको नग्न शरीर जोडी मोर्फेड तस्विररभिडियो पठाई दुस्ख हैरानी दिनुका साथै चरित्र हत्या गर्ने कार्य गरेकोले जनाएको छ।

त्यस्तै खड्काले सामाजिक सञ्जाल फेसबुक, टिकटक, यूट्युब लगायतमा व्यक्तिहरुको तस्विररभिडियो दुरुपयोग गर्दै फोटोशप गरी प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु, सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने, चरित्र हत्या गर्ने उद्देश्यबाट प्रकाशनरप्रसारण गरेका कारण जिल्ला प्रहरी कार्यालय बागलुङको सहयोगमा ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका उनीहरु उपर काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।