शुक्रबार, बैशाख १४, २०८१

नेपाली फुटवल टोली स्वदेश फर्किए

काठमाडौं जेठ ३१,
गत जेठ ११ गते त्यसतर्फ गएका विश्वकप छनोट अन्तर्गतको खेलहरु खेलेर नेपाली फुटवल टोली आज स्वदेश फर्किएको छ। कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीने नेपाली टोलीको प्रशिक्षण सम्हालेपछि छोटो तयारी पछिनै इराक हुँदै कुवेत पुगेको नेपाली फुटवल टोलीले इराकसँग मैत्रीपूर्ण खेल र कुवेतमा विश्वकप क्वालिफायर्सको खेल खेलेको थियो

विश्वकप छनोट अन्तर्गतको खेलमा चाइनिज ताइपेइ, जोर्डन र अस्ट्रेलियासँग खेलेको थियो। चाइनिज ताइपेईमाथी २-० को जित निकालेको नेपालले जोर्डन र अस्ट्रेलियासँग समान ३-० ले पराजय ब्यहोरेको थियो। त्यसअघि इराकसँग मैत्रीपूर्ण खेलमा ६९२ गोलअन्तरले पराजय ब्यहोरेको थियो।

विश्वकप छनोट अन्तर्गतको समूह बी मा रहेको नेपालले दुई जित निकाल्दै समूहको चौथो स्थानमा रह्यो। नेपालले दुबै खेल चाइनिज ताइपेइ विरुद्ध जितेको थियो। नेपाल रहेको समूहमा अस्ट्रेलिया, कुवेत, जोर्डन र ताइपेइ थिए। चौथो स्थानमा रहेको नेपालले अब एसियन कपको तेस्रो चरणका लागि प्लेअफ खेल्ने भएकोछ ।