बिहिबार, बैशाख १३, २०८१

यसरी गरिन्छ राजधानीको न्हूघःस्थित डबलीमा कुमारको [सिठी देवता] महास्नान

अनुप प्रधान
काठमाडौ जेठ ३०,
राजधानीको जैसीदेवलस्थित न्हूद्यः मा आज सिठी देवता अर्थाथ कुमारको मूर्तिलाई महास्नान गरिएको छ । न्हूघःस्थित डबली गरिएको कुमार महास्नानको प्रसङमा प्राप्त पौराणाीक र स्थानीय लोककथनअनुसार परापूर्वकालमा सिठी नखःको दिनमा जोशीदेवलको दोबाटोमा एक बालक रोइरहेका देखेपछि बालबच्चा कोही नभएका हालका पूजारीका पूर्खाले आफ्नो घरमा ल्याई पहिलो तलाको कोठामा राखी बुइगलमा मास, मुंगको बारा रोटी लिन गई तल आउँदा ती बालक सिद्ध भई कुमार भइसकेका थिए।

त्यसै बेलादेखि कुमारको पूजा र जात्रा हुन थालेको बताइएन्छ । वास्तवमा ती बालकरूपी कुमार बलम्बुबाट आएका रहेछ र तिनकी आमा बलम्बुकी महालक्ष्मी रहिछन् र अहिले पनि जेष्ठ शुक्ल तृतीयाको साँझ कुमारको महास्नान [न्हवं]र अन्य कर्मकाण्ड क्रिया गराउन बलम्बुबाट नेमकुलहरू नै आउने गरेका छन् । टेकु पवित्र जल तामाको घडाबाट महास्नान गराइ पाटनबाट आएका नेमकूल अर्थात् नेकूबाट लँपुछाय्गु भनी रङरोगन लगाइन्छ।कुमार मूर्तिलाई अरू बेला पूजारीकै घरको पहिलो तलाको एउटा सानो अँध्यारो कोठामा राखिएको हुन्छ। सिठी चाडको अवसरमा महास्नानका लागि र भोलिपल्ट सर्वसाधारणलाई पूजा गर्न मात्र बाहिर ल्याउने गरिन्छ।

यसैवीच कुमारको मूर्ति महास्नान गुठिका गुठियार विजयलाल श्रेष्ठका अनुसार हाल २ परिवारले मात्र सिथि कुमारको नित्य पुजा एवं जात्रा संचालन गर्दै आईरहेको साथै सोको लागि आवश्यक बजेट समेत यिनै २ परिवारले व्यहोर्दै आएको बुझिएको छ। यो जात्रा कहिलो देखि शुरुभयो भन्ने नत शिलात्रप छ नत ताम्रपत्र नै । तर मुर्तिको प्रविति हेरेर मल्लकालिन समयमा भएको अनुमान गरिएको छ।

त्यस्तै नेवार समुदायमा गठामुगल अर्थात घण्टाकर्ण पर्व देखि चाँडपर्व शुरु भइ सिथि नखःको दिनमा पुगेर समापन हुने प्रचलन अनुरुप र आ–आफ्नो देवाली पूजा नहुनेहरु यो दिन देवाली मनाई यो बर्षको पर्व मनाउने परम्परा रहिआएको गुठियार श्रेष्ठले बताए ।

साथै गुठियार श्रेष्ठले जात्रा सञ्चालनको लागि राज्य तथा स्थानिय निकायबाट आर्थिक सहयोगको कुनै बन्दोबस्त नभएका कारण जात्रलाइ स्नानमा मात्र सिमित गरिएको पछि ४ दशक भइसकेको जानकारी दिदै यसअघि कुमारीको रथयात्रा जुन जुन मार्गमा हुन्छ । यो खत जात्रा पनि त्यहि मार्गमा हुने गरेको स्मरण सुनाउनुभयो ।

साथै ठूला ठूला मुद्धा मामलाको छिनफानो गर्न वा कुनै रोग निको पार्न भगवान सिथि कुमारमा तिलको तेलमा वत्ति समपर्ण गर्दा उल्झनमा रहेको समस्याको छिनोफानो हुने जन विश्वास रही आएको बताउदै छ ।  सिथि कुमार भगवानको मुर्ति देश भरिमा नै यस न्हूः घः अर्थात हाल जैसिदेवलमा मात्र रहेको गुठियार श्रेष्ठले कथन रहेको छ ।