बिहिबार, चैत्र १५, २०८०

उपत्यकामा ६५३ सङ्क्रमित थपिए

काठमाडौ जेठ ३०,
नेपालमा पछिल्ले २४ घण्टामा १ हजार ६९४ सङ्क्रमित थपिएका छन् । आज थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित छ लाख ८ हजार ४७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै दिएको जानकारी अनुसार आज पहिचान भएको कोभिड संक्रमित मध्ये काठमाडौं जिल्लामा ४८३, ललितपुरमा ११२ र भक्तपुरमा ५८ जना रहेको मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै जनाएको  छ ।