बिहिबार, चैत्र १५, २०८०

१ हजार ६९४ सङ्क्रमित थपिदै गर्दा ३९९४ जना कोभिड मुक्त, ४६ को मृत्यु

काठमाडौ जेठ ३०,
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६९४ सङ्क्रमित थपिएका छन् । आज थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित छ लाख ८ हजार ४७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै दिएको जानकारी अनुसार आज पहिचान भएको कोभिड संक्रमित मध्ये काठमाडौं उपत्यकामा ६५३ जना कोभिड सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै नेपालमा हाल ६८ हजार ९५५ जनामा कोभिडको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

त्यस्तै वितेको २४ घण्टामा ३ हजार ९९४ जना संक्रमित कोभिड मुक्त भएको र यो संगै नेपालमा कोभिड मुक्त हुनेको संख्या ५ लाख ३१ हजार १०५ पुगेको मन्त्रालयले जनाएको छ । साथै यसवीचमा ४६ जना सङ्क्रतिको मृत्यु भएको योसंगै सङ्क्रमणले नेपालमा मृत्यु हुनेको संख्या ८ हजार ४१२ पुगेको मन्त्रालयले जनाएकोछ ।