शुक्रबार, चैत्र १६, २०८०

सङक्रमणको जोखिम अझै उच्च रहेको निष्कर्ष , उपत्यकामा जारी निषेधाज्ञा थप एकसाता लम्बियो

काठमाडौ जेठ ३०,

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले जारी निषेधाज्ञा थप एकसाताका लागि थप्ने निर्णय गरेको छ । थप भएको निषेधाज्ञाको समयसिमा आगामी असार ७ गते राति १२ बजेसम्म जारी रहने भएको छ ।

काठमाडौं उपत्यका तीन जिल्लामा कोभिड  संक्रमणको  रफ्तार बढेसंगै  वैशाख १६ गतेदेखि जारी निषेधाज्ञाको पछिल्लो पटक थप भएको समय सिमा जेठ ३१ गते सकिदैगर्दा  आज उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सयुक्त बैठकले उपत्यकामा सङक्रमण घटेपनि जोखिम अझै उच्च रहेको भन्दै थप एक साताको लागि जारी निषेधाज्ञालाइ निरन्तरता दिने निर्णय गरेको हो ।

आदेश पत्र सहित:

   तर यसपटक थप भएको निषेधाज्ञाको मोडालिटीमा परिमार्जन गर्दै यसअघि   बिहान ९ बजेसम्म मात्र किराना पसल तथा तरकारी पसल खुल्दै आएकोमा अब ११ बजेसम्म  तरकारी, फलफूल, खाद्यान्न, दूध, डेरीजन्य परिकार, मासु, खानेपानी, ग्यास पसल, किराना, डिपार्टमेन्टल स्टोर्स ृग्रोसरी मात्रे खुला हुनेछ । स्थानीय ढुवानीका साधन भने राति ९ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइने छ भने  हार्डवेयर, पुस्तक पसल र अनलाइन डेलिभरी सञ्चालन गर्न दिने निर्णय समेत भएको छ ।

त्यस्तै नेपाल राष्ट्र बैँकले तोकेको मापदण्ड पालना गरी बैँक तथा वित्तीय संस्थाले सिमित सङ्ख्यामा जनशक्ति परिचालन गरी सेवा सञ्चालन गर्न सक्ने गरी खुकुलो बनाइएको छ । त्यस्तै अत्यावश्यक वस्तुको अनलाइन तथा टेक अबे सेवा होम डेलिभरीका लागि साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइने जारी आदेश पत्रमा उल्लेख गरिएको छ । साथै सवारी साधनका मर्मत सेन्टर राति ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने र निर्माण सामग्रीको ढुवानी भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्र गर्न पाइने भएको छ ।