शुक्रबार, चैत्र १६, २०८०

काठमाडौं उपत्यकामा १ हजार १४२ सङ्क्रमित थपिए

काठमाडौं जेठ २८,
नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ५९८ वटा पीसीआर परीक्षणको क्रममा २ हजार ७०९ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले आज कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा १ हजार १४२ सङ्क्रमित थपिएको र यसमध्ये काठमाडौमा ९२३, ललितपुरमा १६३ र भक्तपुरका ५६ जना सङ्क्रमित रहेको जनाएको छ।

त्यस्तै काठमाडौंमा हालसम्म १लाख ९८ हजार , ललितपुरमा ३५ हजार ८११ र भक्तपुरमा २१ ह्जार ३३७ जना सङ्क्रमितको पहिचान भएको जनाएनुको अलावा  काठमाडौंमा १ हजार ७५०, ललितपुरमा ५०५ र भक्तपुरमा ३४९ सङ्क्रमितको मृत्यु भएको जानकारी दिएको छ ।