शुक्रबार, चैत्र १६, २०८०

औषधिका थोक व्यवसायीसंग मन्त्री तामाङ्गले भने-सकारात्मक र सहकार्यमा कार्यारम्भ गरौं

काठमाडौं जेठ २७,
नेपाल औषधि थोक व्यवसायी संघ केन्द्रीय समितिले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङ संग औपचारिक भेटवार्ता गरेको छ। भेटवार्ताको क्रममा संघका अध्यक्ष शिवराज वास्कोटा नेतृत्वको प्रतिनिधीमण्डलले मन्त्री तामाङ्गको कार्यकालमा मुलुकको सिङ्गो स्वास्थ्य क्षेत्रमा नयाँ आयामको सूत्रपात संगै औषधि जगतमा विद्यमान यो वा त्यो नामका यावत विकृतिको निवारण हुने अपेक्षा औषधी थोक व्यवसायीहरुले संङ्गगालेको बताउनुभयो ।

त्यस्तै छलफलकै क्रममा पछिल्लो समय बढ्दो कोभिड संक्रमणको जोखिमका वीच निरन्तर जनसेवामा क्रियाशील औषधि व्यवसायलाइ राज्यको तर्फबाट बाट प्रदान गर्ने कुनै किसिमको व्यवसायीक राहतको सम्बोधन हनुनसकोको मात्र नभइ कोभिड विरुद्धको खोप लाउन छुट भएका देशै भरिका थोक व्यवसायीलाइ खोप लगाउने व्यवस्था मिलाइ दिन भन्दै पटक पटक मन्त्रालय लगायत सरोकारवाला निकायमा सम्पर्क गर्दा व्यवाहारिक सम्बोधन नभएको बताउदै प्राथिमिकताका साथ संघ आवद्ध व्यवसायीलाइ खोप लगाउने वातावरण निर्माणमा पहल गरिदिन आग्रह गरिएको जानकारी संघका महासचिव गणेश नेपालले जानकारी दिनुभयो ।

पछिल्लो समय निहित स्वार्थ र आर्थिक मुनाफाकै लागि अनेक वहानामा औषधिको बजारमा कृतिम अभावको चलखेल हुने प्रवृति मौलाउदै आएको भन्दै तत्काल यसक्षेत्रमा देखिने गरि कदम चाल्न आवश्यक रहेको जिकिर गरिएको थियो ।

त्यसलगत्तै मन्त्री तामाङले औषधि व्यवसायीको समस्यालाइ आफुले गम्भीरता पूर्वक लिएको र विद्यमान यावत समस्या समाधानका लागि आफु सदैव प्रतिवद्ध रहेको बताउदै सकारात्मक सहयोग गर्नका लागि आग्रह गनु{भएको संघका अध्यक्ष वास्कोटाले बताउनुभयो । साथै बजारमा वास्तविक वा नियोजित रुपमा अभाव रहेका वा गरिएको औषधिको लिखत जानकारी उपलब्ध गराइ सहकार्यमा कार्यारम्भ गर्न समेत उहाँले आग्रह गर्नुभएको बताईएकोछ ।