बिहिबार, चैत्र १५, २०८०

प्रदेश सभाको बैठकबाट विश्वासको मत प्राप्त गर्ने प्रस्ताव अस्वीकृत, मुख्यमन्त्री गुरुङ पदमुक्त

काठमाडौं जेठ २७,
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभाको बैठकबाट विश्वासको मत प्राप्त गर्न असफल हुनुभएको छ । आज विश्वासको मतका लागि मुख्यमन्त्री गुरुङले प्रदेश सभामा राखेको प्रस्ताव  अस्वीकृत हुनुको अलावा मुख्यमन्त्री पदबाट समेत मुक्त हुनु भएको छ ।

यसअघि वैशाख २७ गते मुख्यमन्त्री गुरुङमाथि अविश्वासको प्रस्ताव राख्ने कार्यक्रम तय भएपछि उहाँले पदबाट राजीनामा दिनुभएको थियो । त्यसपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले सरकार गठनका लागि आव्हान गर्नुभएपनि कुनै पनि दलको बहुमत नपुगेपछि सबैभन्दा ठूलो दलको हैसियतले गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्ति गरिएको थियो ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिने क्रममा मुख्यमन्त्री गुरुङ असफल भएको हो ।