शुक्रबार, चैत्र १६, २०८०

३ हजार ४४९ सङ्क्रमित थपिदै गर्दा ५७६८ संक्रमित डिस्चार्ज

काठमाडौं जेठ २६,
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा १२ हजार ७४ नमूनाको पीसीआर परीक्षणको क्रममा ३ हजार ४४९ सङ्क्रमित थपिएसंगै कुल सङ्क्रमित ६ लाख १५ हजार ६५२ पुगेको मन्त्रालयले जनाएको छ।

आज पहिचान भएका संक्रमित मध्ये काठमाडौं उपत्यकाका ९१५ जना सङ्क्रमित रहेको र यसमध्ये काठमाडौंमा ६७९, ललितपुरमा १५१ र भक्तपुरका ८५ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै मन्त्रालयले यसवीचमा ५ हजार ७६८ जना संक्रमित कोभिड मुक्तभएसंगै कोभिड मुक्त हुनेको सख्या ५ लाख १० हजार २९८ पुगेको जानकारी दिदै वितेको २४ घण्टामा ८१ जना सङ्क्रमितको मृत्यु भएको र योसंगै सङ्क्रमणबाट मृत्यु हुनेको सख्या ८ हजार १७९ पुगेको जानकारी दिएको छ ।