शुक्रबार, चैत्र १६, २०८०

ससंद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आजबाट हुँदै

काठमाडौं जेठ २६,
सर्वोच्च अदालतको संवैधानिक इजलासमा  संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आजबाट हुने भएको छ ।  यसअघि  प्रधानन्यायाधीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास आइतबार गठन गरी सुनुवाइ शुरु गरेर हेर्दाहेर्दैमा सोमबारका लागि राखिएको थियो । त्यस्तै  प्रन्या  चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा  समस्या देखिएसंगै    सोमबारको  सुनुवाइ स्थगन गरिएको  थियो ।

 इजलास गठनकै विषयमा चुलएको  विवादका  कारण  विषयवस्तु  केन्द्रित  सुनुवाइ प्रारम्भ हुन नसकेको    संसद विघटनसम्बन्धी मुद्दा उपरको आजको सुनवाइले  मुद्दाको  सुनवाइको मार्ग निर्धारण गर्ने अपेक्षा गरिएको छ।मन्त्रिपरिषद्को  गत  जेठ ८ को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माग  गर्दै   ३० रिट निवेदन दर्ता भएका छन ।