बुधबार, बैशाख १२, २०८१

उपत्यकाका ११३१ सहित ३ हजार २४ जना सङ्क्रमित थपिए ६६३६ जना डिस्चार्ज , ९९ को मृत्यु

काठमाडौं जेठ २३ ,
पछिल्लो २४ घण्टामा देशभर १० हजार ४७१ को पीसीआर परीक्षणको क्रममा ३ हजार २४ जना सङ्क्रमित थपिएकको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। त्यस्तै आज पहिचान भएको कोभिड संक्रमित मध्ये काठमाडौं उपत्यकामा १ हजार १३१ जना रहेको र यसमध्ये काठमाडौं ७३१, ललितपुरमा २५४ जना र भक्तपुरमा १४६ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोभिड १९ सम्बन्धी आजको मिडिया ब्रिफिङको क्रममा मन्त्रालयले आज पुष्टि भएको संक्रमितसंगै नेपालमा कुल सङ्क्रमित छ लाख नाघेको जानकारी दिएको छ । त्यस्तै मन्त्रालयले यसवीचमा ३ हजार २६२ जनाको एन्टीजेन परीक्षणको क्रममा ४५५ जनामा पोजेटिभ देखिएको समेत जानकाीदिएको छ ।

साथै मन्त्रालयले आइतबार वितेको २४ घण्टामा छ हजार ६३६ जना संक्रमित डिस्चार्ज भएको र यो संगै डिस्चार्ज हुनेको सख्या ४ लाख ९१ ह्जार ९ जना पुगेको जानकारीदिनुको अलावा यसवीचमा ९९ जना सङ्क्रमितको मृत्यु भएको जनाएकोछ । आज पहिचान भएका मृतको सख्या संगै नेपालमा सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सख्या ७ हजार ८९८ पुगेको जानकारीदिएको छ।