शुक्रबार, चैत्र १६, २०८०

निषेधाज्ञा अवज्ञा गर्ने ३ हजार ५ सय ७८ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

काठमाडौं जेठ २३ ,

नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ५ सय ७८ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । तीमध्ये १ हजार २५ वटा गाडी र २ हजार ५ सय ५३ वटा मोटरसाइकल रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै नयाँ भेरियन्ट सहितको कोभिड १९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई रु’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६ सय ५५ जनालाई नि सुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५२ हजार ८ सय ७४ जनालाई मास्क वितरण गरिएको जनाउदै प्रहरीले स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ६ सय १० जनालाई कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम कारवाही गर्दै ६१ हजार ४ सय रुपैयाँ जरिवाना गरिएको समेत जनाएको छ ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिदै आएको छ ।