शनिबार, बैशाख ८, २०८१

३हजार ५४० कोभिड संक्रमित थपिदै गर्दा ८ हजार २४३ संक्रमण मुक्त , ६८ को मृत्यु

काठमाडौ जेठ २२,
पछिल्लो २४ घण्टामा ११ हजार ४७१ पिसिआर परीक्षणको क्रममा ३ हजार ५४० जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। साथै आज थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित ५ लाख ८५ हजार १०० पुगेको मन्त्रालयले जनाएको छ । यसवीचमा सोही ५ हजार ३४३ एन्टीजेन परीक्षणको क्रममा १ हजार ५०२ को रिपोर्ट पोजेटिभ आएको समेत मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा आठ हजार २४३ जना सङ्क्रमित मनेचिड मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोभिड मुक्त भएको संक्रमितको यो सख्या नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै भएको र यो संगै ४ लाख ८४ हजार ३७३ जना संक्रमित डिस्चार्ज भएको जनाएको छ।

साथै वितेको २४ घण्टामा ६८ जना सङ्क्रमितको मृत्यु भएको र योसंगै संक्रमणका कारण मृत्यु हुनको सख्या ७ हजार ७९९ पुगेको मन्त्रालयले जनाएको छ।