बुधबार, बैशाख १२, २०८१

प्रन्या जबराको अध्यक्षतामा वरिष्ठतम न्यायाधीश सहितको संवैधानिक इजलास गठन

काठमाडौ जेठ २१,
संसद विघटनसम्बन्धी मुद्दाको जेठ २३ गतेबाट नियमित सुनवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्नुभएको छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणाका अध्यक्षतामा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहनुभएको सर्वोच्चले जनाएको छ ।

संवैधानिक इजलास गठन भएलसंगै मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ९ जारी गर्नुभएको नेपाल नागरिकता ९पहिलो संशोधन० अध्यादेश, २०७८ विरुद्ध  परेको रिट निवेदन उपर सुनवाइ भइरहेको छ ।