शुक्रबार, बैशाख ७, २०८१

यस्तो छ पछिल्लो पटक उपत्यकामा जारी थप १० दिने निषेधाज्ञाको व्यवस्थापन

काठमाडौ जेठ २१,
बढ्दो कोभिड–१९ सङ्क्रमण नियन्त्रणका काठमाडौं उपत्यकामा जारी भएको निषेधाज्ञाको पछिल्लो पटक जेठ ३१ गतेसम्मका लागि थप भएको समयसिमामा किराना तथा खाद्यान्न पसल सञ्चालन गर्नउद्योगलाई पनि आवासीयरूपमा मजदुर राखेर काम गर्न र रात्रीकालीन ढुवानी समेत पनि खुला गरिएको छ ।

त्यस्तै पछिल्ले पटक जारी भएको थप १० दिने निषेधाज्ञाको क्रममा तरकारी, किराना पसल, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर्स [ग्रोसरी मात्र] बिहान ९ बजेसम्मका लागि खुला गरिएको छ । त्यस्तै औषधि तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि घरबाहिर जान पाइने तर स्वास्थ्यका सबै मापदण्ड प्रयोग गर्नुपर्ने जारी आदेशमा उल्लेख गरिएको छ ।

अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बढीमा दुईजना बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन हुनेछ । अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन खाना पकाउने ग्यास, दूरसञ्चार, इन्टरनेट, फोहरमैला व्यवस्थापन, सरसफाइमा प्रयोग हुने साबुन स्यानिटाइजर, कुरियर तथा डाँक सेवा, प्रिन्ट तथा सरकारी छापाखानालगायत ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ ।

। वाणिज्य बैंकको हकमा प्रधान कार्यालयसहित तीन शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालयसहित दुईवटा शाखा कार्यालयलाई मात्रै सञ्चालनको अनुमति छ । त्यस्ता कार्यालय पनि आलोपालो गरी न्यूनतम जनशक्तिको उपस्थितीम मात्र परिचालन गर्नुपर्ने छ । वित्त कम्पनीमा कर्पोरेट कार्यालय र धितोपत्र बोर्डमात्रै खुल्न पाइने छ ।

त्यस्तै अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुको हकमा हवाई टिकट, पासपोर्ट, भिसा हुनेलाई सिधैँ विमानस्थल जाने सवारी साधनको हकमा सहजीकरण गरिने छ । घरमै विवाह, व्रतबन्ध गर्दा ७ जनामात्रै उपस्थित हुन पाइने र आवागमनमा एउटा मात्रै गाडीको प्रयोग गर्नुपर्ने आदेशमा भनिएको छ । भीडभाड नहुने गरी नित्यपूजाका गतिविधिमात्रै गर्न पाइने छ ।

मृत्यु संस्कारमा जान र आउनुपरेमा मृत्युदर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिश, परिचयपत्र खुल्ने कागजातसहित प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने आदेश पत्रमा उल्लेख गरिएको छ भने सञ्चारकमीकालागि सूचना विभागको पास भएका पत्रकार हिँड्न पाउने र त्यसबाहेकको हकमा आवातजावतका लागि प्रशासन कार्यालयबाट पास बनाउनुपर्ने आदेशमा भनिएको छ ।

त्यस्तै गरि जारी आदेशमा अत्यावश्यक सेवा दिनेबाहेकका कार्यालयका सेवा स्थगन , अनलाइनबाहेकका शैक्षिक गतिविधिमा रोक ,कुनैपनि किसिमका भीडभाड हुने गतिविधिमा रोक, सार्वजनिक एवं निजी सवारी साधन पनि सञ्चालन गर्न रोक, होटल तथा पार्टी प्यालेस सञ्चालनमा रोक लगाइएको उल्लेख गर्दै जारी आदेशको वर्खिलापका कामकारवाही गरे कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारवाही हुने आदेश पत्रमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031