शुक्रबार, बैशाख १४, २०८१

उपत्यकामा बुधवारको तुलनामा बढ्यो कोभिड संक्रमित

काठमाडौं जेठ २०,
नेपालमा पछिल्लो २४ घण्टामा १८ हजार ५६२ नमूनाको पीसीआर परीक्षण गरिएकोमा ५ हजार ८२५ मा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले आज पुष्टि भएको सङ्क्रमित मध्ये काठमाडौं उपत्यकाका २ हजार ५७ जना सङ्क्रमित रहेको र यसमध्ये काठमाडौमा १६३०, ललितपुरमा २९८ र भक्तपुरका १२९ रहेको जनाएको छ । यो सख्या बुधबारको तुलनामा [१४५६] बढि रहेको अवस्था छ ।

साथै काठमाडौंका कुल संक्रमित १ लाख ९१ ह्जार ८८७मध्ये १४ हजार ३८२ जनामा ललितपुरका कुल संक्रमित ३४,२१९ मध्ये छ हजार ४० जनामा र भक्तपुरका कुल संक्रमित २० हजार ४३४ ४१७४ जनामा कोभिडको संक्रिय संक्रमण रहेको जनाएको छ ।