शुक्रबार, चैत्र १६, २०८०

मृत्युदर घट्नुको अलावा संक्रमितको भन्दा डिस्चार्ज हुनेको सख्या बढ्दो

काठमाडौं जेठ २०,
नेपालमा पछिल्लो २४ घण्टामा १८ हजार ५६२ नमूनाको पीसीआर परीक्षण गरिएकोमा ५ हजार ८२५ मा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज पुष्टि भएको सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित ५ लाख ७६ हजार ९३६ पुगेको यसमध्ये १ लाख १ हजार ८३९ जनामा कोभिडको सक्रिय सङ्क्रमण रहेको जनाएको छ ।

साथै मन्त्रालयले यसवीचमा ५ हजार ९०४ जना सङ्क्रमित कोभिडमुक्त भएसंगै कोभिड मुक्त हुनेको सख्या ४ लाख ६७ हजार ४६७ पुगेको जानकारी मन्त्रालयले दिएको छ । त्यस्तै वितेको २४ घण्टामा ७५ जना सङ्क्रमितको मृत्यु भएको र योसंगै सङ्क्रमणबाट नेपालमा ७ हजार ६३० जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएकोछ ।