बुधबार, अशोज १२, २०७९

महानगरको तर्फबाट छत्रपाटी चिकित्सालयलाई थप २ थान भेन्टिलेटर

काठमाडौ जेठ २०,

काठमाडौँ महानगरपालिकाले आज छत्रपाटी निःशुल्क चिकित्सालय (महानगरको विशेष कोभिड अस्पताललाई थप २ थान भेन्टिलेटर प्रदान गरेको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अस्पतालका निर्देशक डा. मनोजमान श्रेष्ठलाई उपकरण हस्तान्तरण गर्नुभएको हो ।
यसअघि गएको जेठ ८ गते भीजी ७० मोडलका २ वटा भेन्टिलेटर दिइएको थियो । यी भेन्टिलेटर महानगरलाई भगिनी सहर ल्हासाबाट प्राप्त भएका थिए । आज हस्तान्तरण गरिएका भेन्टिलेटर महानगरको अनुदानमा अस्पतालले खरिद गरेको हो । जर्मनमा उत्पादन भएका यी उपकरणको मूल्य प्रतिगोटा करीब २६ लाख ५० हजार रुपैयाँ रहेको अस्पतालले जनाएको छ ।

उपकरण हस्तान्तरण गरिसकेपछिको संक्षिप्त प्रतिक्रिया दिदै महानगर प्रमुख शाक्यले, अहिले कोभिड नियन्त्रणको अभियानमा समुदायदेखि सरकारसम्मका सबै संयन्त्र एकै ठाउँमा भएको बताउनुभयो । त्यस्तै उहाँले जसरी हुन्छ, संक्रमण घटाउने र उपचार गर्नुपर्ने व्यक्तिलाई गुणस्तरीय सेवा दिनेमा महानगर प्रतिवद्ध रहेको बतानुभयो ।

साथै महानगर प्रमुख शाक्यले पछिल्ले समय महानगरका मातहतमा रहेका १४ वटा आइसोलेसन सेन्टरका ५ सय ७४ वटा शैयामध्ये आज विहानसम्ममा १ सय ४३ वेडमा विरामी रहेको र बाँकी खाली नै रहेको जनाउ दिदै आवश्यक पर्नेले आफ्ना वडाध्यक्षलाई सम्पर्क गरेर निःशुल्क खाना र उपचारसहितको सेवा लिन सक्नुहुने बताउनभयो ।

महानगरको कोभिड अस्पतालका बारेमा जानकारी दिँदै अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले भन्नुभयो, ‘ कोभिड उपचारका लागि नर्सिङ् स्टाफहरु धेरै आवश्यक पर्ने भयो । यसका लागि हामीले अनुभवी नर्सहरुलाई साथमा लिएका छौँ ।’ त्यस अवसरमा महानगर वडा १७ का अध्यक्ष नविन मानन्धर सहित अन्य वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यसंगै वडा सदस्यहरुको उपस्थित रहेको   थियो ।

त्यस्तै छत्रपाटी निःशुल्क चिकित्सालयलाइ आजै अरनिको समाजले  नेपाल र चीनको दौत्य सम्बन्धबाट प्राप्त   १ थान एनेस्थेसिया मेसिन र आकस्मिक उपचारका लागि आवश्यक पर्ने सामान तथा उपकरण  अस्पतालाई प्रदान गरेको छ । यसमध्ये एनेस्थेसियाको मूल्य करीब २६ लाख ५० हजार रुपैयाँ हो । सामान प्रदान गरिसकेपछि बोल्दै समाजका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले भन्नुभयो, ‘चीनबाट महामारी नियन्त्रणमा सघाउन निरन्तर सहयोग प्राप्त भइरहेको जानकरी समेत दिनुभयो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031