सोमवार, बैशाख ३, २०८१

आफ्नै १४ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गर्ने यौन पिपासु वावु पक्राउ

काठमाडौं जेठ १९,
आफ्नै १४ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा काठमाडौं महानगरपालिका९१५ डल्लु बस्ने गोरखा घर भएका ३८ वर्षीय पिताजीलाइ मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका यौन पिपासु वावुले डरत्रास धाकधम्की दिई यौन दुर्ब्यबहार गरेको भन्‍ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैवीच १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा सूर्यबिनायक नगरपालिका९७ गुण्डु बस्ने ५० वर्षीय हरिकृष्ण कोजुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । कोजुले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कटुन्जेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।